गण्डकी प्रदेशका यी मार्गमा बाढीपहिराे

हिमाल प्रेस २२ असार २०८१ १५:२५
48
SHARES
गण्डकी प्रदेशका यी मार्गमा बाढीपहिराे तनहुँको शुक्लागण्डकी नगरपालिका–८ पाटन तल ओरालोमा शनिबार वर्षाका कारण गएको पहिरो। तस्बिर : कृष्ण न्यौपाने/रासस

पोखरा- गएरातिदेखि अविरल वर्षासँगै विभिन्न ठाउँमा पहिरो खस्दा गण्डकी प्रदेशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन्।

गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराकाअनुसार पृथ्वीराजमार्ग पोखरा–नौबिसे, सिद्धार्थ राजमार्ग पोखरा–सुनौली र भूपि शेरचन राजमार्ग पोखरा–बागलुङ हुँदै पोखरा भित्रिनका लागि पहिरोले अवरोध गरेको छ।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका वडा ६, मौरी र आबुँखैरेनी गाउँपालिका वडा २ मा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ।

सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको वालिङ १०, मोदीखोलामा पहिरोमा खस्दा यातायात पूर्णरुपमा अवरुद्ध छ। म्याग्दीको बेनी नगरपालिका ४ मा पहिरो खस्दा बेनी–दरबाङ सडकखण्ड अवरुद्ध छ भने रघुगंगा २ मा पहिरो खस्दा बेनी–जोमसोम जान सकिएको छैन।‍

मनाङ सदरमुकाम चामेको वडा १, तिमाङमा पहिरोका कारण चामे–बे‌ँशीसहर सडकखण्ड अबरुद्ध रहेको प्रहरीले जनाएकाे छ।

पर्वतमा सदरमुकाम कुश्मामा पहिरोले मालढुंगा–बेनी सडक रोकिएको छ। लमजुङको बे‌ँशीसहर उदीपुरमा र मर्स्याङ्दी गाउँपालिका ४ मा पहिरोले त्यहाँको सडकबाट यातायात आवातजावत गर्न सकेका छैनन्। ती स्थानमा प्रहरीको सहयोगमा पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएकाे छ।

भारी वर्षाले पोखरामा पनि सेती नदीको बहाब उच्च छ। प्रहरीले सो क्षेत्र आसपासमा नजान सर्वसाधारणलाई सचेत गराएको छ।

प्रकाशित: २२ असार २०८१ १५:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 4 =