मौसम विभाग भन्छ : काठमाडौँमा दिनभर वर्षा हुन्छ

हिमाल प्रेस २२ असार २०८१ ८:१४
28
SHARES
मौसम विभाग भन्छ : काठमाडौँमा दिनभर वर्षा हुन्छ फाइल तस्बिर

काठमाडौँ- देशभरका विभिन्न स्थानसँगै काठमाडौँ उपत्यकामा पनि वर्षा जारी छ। यस क्रममा विगत २४ घण्टामा काठमाडौँ उपत्यकाका पनि विभिन्न स्थानमा भारी तथा धेरै भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले बिहान ७:४८ बजे दिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाका एक स्थानमा धेरै भारी र ७ स्थानमा भारी वर्षा भएको हो। महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र सबैभन्दा बढी ललितपुरको लेलेमा १२४.८ मिलिमिटर वर्षा भएको छ। सय मिलिमिटरभन्दा माथिको वर्षालाई मौसमविद् धेरै भारी वर्षा भन्छन्।

यसैगरी ललितपुरकै गोदावारीमा ९५ मिलिमिटर, काठमाडौँको नैकापमा ८६ मिलिमिटर, काठमाडौँकै कीर्तिपुरमा ८५.६ मिलिमिटर, ललितपुरको टीकाथलीमा ६७.६ मिलिमिटर, काठमाडौँको पानीपोखरीमा ६१.२ मिलिमिटर, काठमाडौँकै बबरमहलमा ५८.४ मिलिमिटर र काठमाडौँकै धापड्याममा ५७ मिलिमिटर वर्षा भएको महाशाखाको विवरणमा उल्लेख छ।

प्रकाशित: २२ असार २०८१ ८:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eighteen =