लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी पक्राउ

हिमाल प्रेस २१ असार २०८१ २१:४५
32
SHARES
लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी पक्राउ प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ- जिल्ला प्रहरी परिसर काठमाडौँले फैसला कार्यान्वयनअन्तर्गत लेनदेन बिगो मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी आज (शुक्रबार) सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा काठमाडौँ तारकेश्वर नगरपालिका–७ बस्ने ४४ वर्षीय राजाराम खत्री रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

काठमाडौँ अदालतबाट २०७९ असोज ६ गते बिगो ५० लाख प्रतिवादीबाट भराउने फैसला भई उक्त विगो बमोजिम एक वर्ष कैद हुने फैसला भएपछि खत्री फरार थिए। पक्राउ परेका खत्रीलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको प्रवक्ता अधिकारीले बताए।

प्रकाशित: २१ असार २०८१ २१:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 3 =