सहरमा आजः

नाटकमय उपत्यका, हलमा ‘कल्की’ र ‘किल’

हिमाल प्रेस २२ असार २०८१ ६:२९
250
SHARES
नाटकमय उपत्यका, हलमा ‘कल्की’ र ‘किल’

काठमाडौँ- असारको चौथो शनिबार। वर्खाको समय। मनोरञ्जनतर्फ आकर्षित हुने दर्शकका लागि सधैझैँ हामीले उपत्यकामा आज हुने र भइरहेका विभिन्न मनोरञ्जनसहित केही महत्वपूर्ण गतिविधिको विवरण संकलन गरेका छौँ।

यो साता उपत्यकाका नाटकघरमा तीन नाटक मञ्चन भइरहेको छ। ‘प्रेमारम्भ’,‘पूर्णविराम’ र ‘प्ले द सिस्टम’। त्यसबाहेक मण्डला थिएटरमा म्याड फेस्ट-२०२४ चलिरहेको छ।

हल भने नयाँ नेपाली फिल्म प्रदर्शन भएको छैन् तर अंग्रेजी र हिन्दी एक एक फिल्म भने हलमा थपिएको छ। हिन्दीमा किल र अङ्ग्रेजीमा डेस्पिक्याबल मि फो।

लोेकार्पण कृतिः रमेश ढकालको उपन्यास ‘बगुवा पानी’

आज रमेश ढकालको उपन्यास ‘बगुवा पानी’ को लोकार्पन हुँदैछ। कार्यक्रम कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको पुस्तकालयको हलमा दिउँसो दुई बजे सुरु हुनेछ। पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो।

मण्डलामा म्याड फेस्ट
थापागाउँस्थित मण्डला थिएटरमा थिएटरकै पूर्व विद्यार्थीहरुको आयोजनामा म्याड फेस्ट–२०२४ चलिरहेको छ। असार २१ देखि सुरु भएको तीन दिने महोत्सव भोलि सकिनेछ। महोत्सवमा शनिबार ‘नुग्धा’ र ‘शिल्पीनी’ गरी दुई नाटक मञ्चनसहित आयोजक टिमसँगको प्यानल छलफल, संगीत, कविता वाचनलगायतका सेसनहरु पनि हुँदैछ। नाटक ‘शिल्पीनी’ श्रेया सिंहको लेखन र वेदना राईको निर्देशनमा बनेको छ।भने ‘नुग्धा’मा प्रविण तामाङको लेखन र विजय तामाङ ब्लोनको निर्देशन छ।

नव्य नाचघरमा ‘प्रेमारम्भ’

सिनामंगलस्थित एस्थेटिक डान्स स्टुडियोमा सञ्चालित नयाँ नव्य नाचघरमा असार २१देखि नृत्य नाटक ‘प्रेमारम्भ’ मञ्चन भइरहेको छ। नाटक स्टुडियोकी संस्थापक नम्रता केसीले निर्देशन गरेकी हुन्। नाटकमा प्रकृतिसँग संस्कृति मिसिँदा समाजमा हुने परिवर्तनलाई देखाउन खोजिएको छ। साताको दुई दिन शुक्रबार र शनिबार साँझ ५ः३० मा मञ्चन हुनेछ। नाटक भदौ २९ सम्म चल्नेछ।

सर्वनाममा ‘पूर्णविराम’

कालिकास्थानस्थित सर्वनाम थिएटरमा असार १७ देखि नाटक ‘पूर्णविराम’ मञ्चन भइरहेको छ। आरुष मगरको परिकल्पना तथा निर्देशनमा बनेको नाटक कवि सुरज पराजुलीले लेखेका हुन्। नाटक प्रकृति र पर्यावरणसँग सम्बन्धित छ। बढ्दो प्रदुषण र पर्यावरणीय परिवर्तनले मानिसको भविष्यमा पार्ने असरलाई नाटकमार्फत देखाइएको छ।

असार १७ गतेदेखि मञ्चन सुरु भएको नाटकमा रिनेक्स बस्नेत, मीना पूर्णिमा, विवेक आचार्य, सगुन तामाङ, मुकेश हमाल, समाइरा श्रेष्ठ, युवराज थापा मगर, सुजन भाई, सुदिश थापा मगरलगायतको अभिनय रहेको छ। असार २९ सम्म मञ्चन हुने नाटक बिहीबार बाहेक साताको प्रत्येक दिन साँझ ५ः१५ बजे र शनिबार दिउँसो १ बजे अतिरिक्त सो मञ्चन हुनेछ।

कौसीमा ‘प्ले द सिस्टम’

टेकुस्थित कौसी थिएटर (कथा घेरा)मा असार ६ देखि नाटक ‘प्ले द सिस्टम’ मञ्चन भइरहेको छ। नाटक थेरेसा रेबेकको ‘ह्वाट वी आर अप अगेन्स्ट’को नेपाली रुपान्तरण हो। नाटकको निर्देशन आकांक्षा कार्कीले गरेकी हुन्। प्रियंकरले नेपालीमा अनुवाद गरेको नाटकमा इलम दीक्षित, रञ्जना भट्टराई, ऋषिकेश बस्याल, रोसनी स्याङ्बो, सुरज मल्लको अभिनय छ। नाटक असार ३१ सम्म मञ्चन हुने नाटक आज भने दिउँसो १ बजे र साँझ साढे पाँच बजेको दुई सो हुुनेछ।

हलमा नेपाली, हिन्दी र अंग्रेजी फिल्म

किल
शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत हिन्दी फिल्म ‘किल’ असार २१ देखि नेपालमा प्रदर्शन भइरहेको छ। एक्सन, क्राइम र ड्रामा जनरामा बनेको फिल्मका निर्देशक निखिल नागेश भाट हुन्। फिल्ममा लक्ष्य, राघव जुयाल, आशिष विद्यार्थीलगायत कलाकारको अभिनय छ।
राइजिङ मल, सिभिल मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, दरबार सिनेम्याक्स, लबिम मल, सिटी स्क्यायल मलमा फिल्मको १६ सो छ।
आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, बिएसआर मुभिज, सिडिसी सिनेमाज, रञ्जना सिनेप्लेक्स, विश्वज्योति सिनेप्लेक्स, कीर्तिपुर सिनेमाजमा हिन्दी फिल्म ‘किल’ चलिरहेको छ।

डेस्पिक्याबल मि फो

अंग्रेजी फिल्म डेस्पिक्याबल मि फो असार २१ देखि नेपालमा प्रदर्शन भैरहेको छ। कमेडी र एडभेञ्चर जनरामा बनको फिल्मका निर्देशक क्रिस रेनाउड र प्याट्रिक डेलाज हुन्। फिल्ममा स्टीव क्यारेल, क्रिस्टन विग, जोइ किङलगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, सिभिल मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर र लबिम मलमा फिल्मको १२ सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, रञ्जना सिनेप्लेक्समा अंग्रेजी फिल्म ‘डेस्पिक्याबल मि फो’ चलिरहेको छ।

कल्की
भारतीय फिल्म ‘कल्की २८९८ एडी’ असार १३ देखि नेपालमा प्रदर्शन भइरहेको छ। नाग अश्विनले निर्देशन गरेको फिल्ममा अभिनेता प्रभास, अमिताभ बच्चन, कमल हसन, दीपिका पादुकोण, दिशा पटानीलगायत कलाकारको अभिनय छ। फिल्म एक्सन एडभेञ्चर र ड्रामा जनरामा बनेको छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, लबिम मल, छाया सेन्टर, दरबार सिनेम्याक्स, सिभिल मल, भाटभटेनी भक्तपुरमा फिल्मको ५० सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, बिएसआर मुभिज, बिग मुभिज, सिडिसी सिनेमाज, रञ्जना सिनेप्लेक्स, विश्वज्योति सिनेप्लेक्स, सिटीम्याक्स सिनेमाज, कीर्तिपुर सिनेमाजमा कल्की प्रदर्शन भइरहेको छ।

अ क्वीट प्लेसः डे वान
अंग्रजी फिल्म ‘अ क्वीट प्लेसः डे वान’ असार १५ देखि नेपालमा प्रदर्शन भइरहेको छ। हरर र ड्रामा जनरामा बनेको फिल्म माइकल सरनोस्कीले निर्देशन गरेका हुन्। फिलममा जोसेफ क्वीन, जिमोन होन्सौ, एलेक्स वोल्फलगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत छाया सेन्टर, दरबार सिनेम्याक्स, लबिम मल र रञ्जना सिनेप्लेक्समा ‘अ क्वीट प्लेसः डे वान’ फिल्मको ३ सो छ।

गाउँ आएको बाटो
नवीन सुब्बाको निर्देशनमा बनेको फिल्म ‘गाउँ आएको बाटो’ जेठ २५ देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्ममा कलाकार दयाहाङ राई, पशुपति राई र प्रसन राई मुख्य भूमिकामा छन्। राई जातिको सामाजिक पृष्ठभूमिमा बनेको फिल्म गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई देखाउन खोजिएको छ। निर्देशक नवीन सुब्बा र महेश राईले फिल्मको पटकथा लेखेका छन्।

शनिबार उपत्यकाको क्यूएफएक्स अन्तर्गत सिभिल मल र एफक्यूब सिनेमाजमा फिल्मको सो छ।

प्रकाशित: २२ असार २०८१ ६:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eight =