मण्डलामा सुरु भयो म्याड फेस्ट-२०२४

हिमाल प्रेस २१ असार २०८१ १७:४६
92
SHARES
मण्डलामा सुरु भयो म्याड फेस्ट-२०२४

काठमाडाैँ- मण्डला थिएटरका पूर्व विद्यार्थीले आयोजना गरेको रंग महोत्सव ‘म्याड फेस्ट-२०२४’ सुरू भएको छ। संयोग गुरागाईंकाे निर्देशनमा बनेकाे नाटक ‘रेलवे टू नो ह्वेयर’ मञ्चन गर्दै महोत्सवको उद्घाटन गरिएको हो।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोल प्रमुख अतिथिकाे रुपमा सहभागी थिइन्। उनले काठमाडौँसँग रंगमञ्चको सम्बन्ध पहिल्यैदेखि रहेको हुँदा ‘म्याडफेस्ट’को निरन्तरताका लागि उनले शुभकामना दिइन्।

‘काठमाडौँसँग रंगमञ्चको सम्बन्ध नजिकको छ। काठमाडौँमा पहिल्यैदेखि डबलीमा नाटक हुने गर्थ्यो। यस किसिमको नाटक महोत्सव भइरहनुपर्छ। म्याड फेस्ट गर्ने म्याडनेस बढ्दै जाओस्’  सुनिताले भनिन् ‘यस किसिमको महोत्सवमा सहकार्य गर्न काठमाडौँ महानगरपालिका सधैँ तयार छ।’

कार्यक्रममा म्याड फेस्टका निर्देशक अनुप न्यौपाने महोत्सवको शीर्षक झैँ युवाहरुको जोश र जागरले नै महोत्सव सम्भव बनेको बताए। ‘सुरुमा एउटा आइडिया मात्र थियो। सबैजना जोडिएपछि यो महोत्सव सम्भव भयो।  दामी‍/दामी नाटकहरु तयार भएका छन्।’ अनुपले भने, ‘फेस्टिभलको नाम पनि म्याड, यो खासमा एउटा पागलपन नै हो। हामीले हाम्रा लागि अवसर खोजौँ न भन्ने हेतुले यो फेस्ट सुरु गरेका हौं।’

मण्डलाका थुप्रै कलाकारलाई वर्षौं खाना, खाजा र चिया खुवाएका ‘मामा’ टेकनाथ पराजुलीलाई सम्मान स्वरुप कार्यक्रममा अतिथिका रुपमा बोलाइएको थियो। आफूले खाना र चिया खुवाएका कलाकारले गरेको यस्तो महोत्सव सहभागी हुन पाउँदा उनी खुसी देखिए। ‘म कहाँ खाना खाने साना-साना भाइबहिनी ठूला भएर यस्तो ठूलो कार्यक्रम गर्ने भइसकेछन्’ मामाले भने।

रंगकर्मी केदार श्रेष्ठले मामाले मण्डलाका कलाकारलाई पुर्‍याएको योगदानको कदर गरिनुपर्ने बताए। ‘मण्डलाका अहिलेका कलाकारलाई संघर्षको बेला एक छाक खान गाह्रो पर्दा मामाले सँधै खाना खुवाउनुहुन्थ्यो । र, पैसा छैन भन्दा उहाँले कमाएर तिर्नु भन्नुहुन्थ्यो’  रंगकर्मी केदारले भने।

असार २१-२३ सम्म चल्ने यो महोत्सवमा ६ नाटक देखाइनेछन्। ‘रेल्वे टु नोव्हेरुसँगै सागर कार्कीको लेखन तथा निर्देशनमा ‘अंकुरन’ मञ्चन पनि मञ्चन गरिएकाे छ।

अन्यमा अदन बत्री र सुशान्त बस्नेतको लेखन तथा बस्नेतकै निर्देशनमा ‘मिरर’, श्रेया सिंहको लेखन तथा वेदना राईको निर्देशनमा ‘शिल्पिनी’, प्रविण तामाङको लेखन र विजय तामाङ ब्लोनको निर्देशनमा ‘नुग्धा’, प्रितिशा अधिकारीको लेखन तथा निर्देशनमा ‘अगम’ मञ्चन हुनेछन्।

प्रकाशित: २१ असार २०८१ १७:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 5 =