जलविद्युत आयोजनाको ढलान भत्किँदा पुरिएका १० जनाको उद्धार, दुईजना बेपत्ता

हिमाल प्रेस २१ असार २०८१ १६:५७
138
SHARES
जलविद्युत आयोजनाको ढलान भत्किँदा पुरिएका १० जनाको उद्धार, दुईजना बेपत्ता सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा उद्धार गरिएका व्यक्ति।

काठमाडौँ- सिन्धुपाल्चको भोटेकोशी गाउँपालिका-स्थित इलेक्ट्रो हाइड्रो पावर कम्पनीको डि-सेन्टरको स्ल्याप ढलानको क्रममा दुर्घटना हुँदा पुरिएका १० कामदारको सकुशल उद्धार गरिएको छ। दुर्घटनामा दुई जना अझै बेपत्ता छन्। ढलान गर्न तयार पारिएको र केही ढलान गरिसकेको ठाउँ पहिरिएपछि दुर्घटना भएको हो।

उद्धार गरिएकामध्ये एकजना गम्भीर रहेको र उनलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ।

पुरिएका मध्ये नाम नखुलेका १० जनाको सशस्त्र प्रहरी बल नेपाल वोर्डर आउट पोष्ट तातोपानी सिन्धुपाल्चोकबाट खटिएको सशस्त्र प्रहरी र नेपाली सेनासहितको सुरक्षाकर्मीले उद्धार गरेको हो ।

बेपत्ता दुई जनाको भने खोजी कार्य जारी रहेको सशस्त्र प्रहरीका केन्द्रीय सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

प्रकाशित: २१ असार २०८१ १६:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =