भोजपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

हिमाल प्रेस २१ असार २०८१ १६:२८
8
SHARES
भोजपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा फाइल तस्बिर

टक्सार (भोजपुर)- भोजपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लाका दुई नगरपालिका र सात गाउँपालिका गरी नौ वटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेपछि आज औपचारिकरूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो।

खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख कमल थुलुङ राईले एक कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरे।  जन्मिएदेखि १५ महिनासम्मका बालबालिकालाई सरकारले निःशुल्क उपलब्ध गराउने सबै १३ किसिमका खोप लगाएको पाइपछि यस्तो घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख राजुकुमार श्रेष्ठले जानकारी दिए।

समन्वय समितिका प्रमुख राईले आगामी दिनमा पनि खोप लगाउनबाट कोही पनि वञ्चित हुन नहुने बताउँदै यसमा महिला स्वास्थ्य स्वयम्सेविका र स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण रहेको बताए।

त्यस अवसरमा जिल्लाका नौवटै स्थानीय तहलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो। प्रदेशभित्रका १४ मध्ये भोजपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छैटौँ जिल्ला हो। रासस

प्रकाशित: २१ असार २०८१ १६:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − one =