सहकारी प्रकरण: छानबिन समितिले गर्‍यो गृहसचिव, आईजीपी र सीआईबी प्रमुखसँग छलफल

हिमाल प्रेस २१ असार २०८१ १३:४९
24
SHARES
सहकारी प्रकरण: छानबिन समितिले गर्‍यो गृहसचिव, आईजीपी र सीआईबी प्रमुखसँग छलफल

काठमाडौँ- सहकारीको बचत रकम दुरुपयोग छानबिनका लागि गठित संसदीय विशेष समितिले गृहसचिव, प्रहरी महानिरीक्षक (आईजीपी), सीआईबी प्रमुखसँग छलफल गरेको छ।

सहकारीको ठगीबारे गरिएका उजुरी र अनुसन्धानको स्थितिबारे समितिले गृहसचिव एकनारायण अर्याल, आईजीपी वसन्त कुँवर र श्यामलाल ज्ञवालीसँग बयान लिएको हो।

बिहीबारको बैठकमा समितिको कार्यादेशको अनुसूचीमा रहेका २९ वटै सहकारीका सञ्चालकलाई अनुसन्धानमा सहयोग गर्न आग्रह गरिएको थियो। साथै उनीहरूलाई समितिले बयानका लागि बोलाएको छ।

हिजो महालेखापरीक्षक तोयम राय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका प्रमुख, महानिर्देशक कमलप्रसाद भट्टराई र सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेसहितका अधिकारीसँग छलफल गरिएको थियो।

सूर्य थापा सभापति रहेको संसदीय समितिलाई छानबिनका लागि ३ महिनाभित्रको समय सीमा दिइएको थियो।

प्रकाशित: २१ असार २०८१ १३:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + six =