राजनीतिक स्थायित्वका लागि नयाँ गठबन्धन : शशांक कोइराला

हिमाल प्रेस २१ असार २०८१ १२:५७
44
SHARES
राजनीतिक स्थायित्वका लागि नयाँ गठबन्धन : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले राजनीतिक स्थायित्वका लागि संसद्मा प्रतिनिधित्व गरेका दुई ठूला दल मिलेका बताएका छन्।

यहाँ आज पत्रकारसँग कुरा गर्दै उनले देशमा राजनीतिक स्थायित्वका लागि दुई ठूला दल मिलेर सरकार बनाउने बताएका हुन्। उनले भने, ‘दुई ठूला दल मिल्नु राम्रो कुरा भए पनि लोकतन्त्रमा प्रतिपक्ष पनि त्यतिकै बलियो हुन आवश्यक छ।’

सङ्घीयता कार्यान्वयनमा गइसकेको भए पनि सर्वसाधारणलाई यसबारे बुझाउन नसकिएको स्वीकार गर्दै उनले बजेट बाँडफाँट गर्दा प्रदेशलाई दृष्टिगत गरेर केन्द्र सरकारले बजेट विनियोजन गर्न नसकेको पनि बताए।

विकेन्द्रीकरणका माध्यमबाट मात्र चौतर्फी विकास सम्भव हुने भएकाले सबै राजनीतिक दलले यो वास्तविकतालाई मननगरी तदनुरुप गर्नुपर्नेमा जोड दिए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्लाई सम्बोधन गरेर राजीनामा दिने विश्वास नेता कोइरालाले व्यक्त गरे।

प्रकाशित: २१ असार २०८१ १२:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 10 =