एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन आज सकिँदै

हिमाल प्रेस २१ असार २०८१ ११:२७
8
SHARES
एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन आज सकिँदै काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा नेकपा (एकीकृत समाजवादी) पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा सहभागी प्रतिनिधिहरू। तस्बिरः हरिराम भेटुवाल/रासस

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन आज सकिँदै छ। अन्य पदाधिकारी र केन्द्रीय सदस्य पनि सर्वसम्मत चयन गर्दै महाधिवेशन समापन हुने भएको हो।

दिउँसाे ३ बजेसम्ममा पदाधिकारी र केन्द्रीय सदस्य सर्वसम्मत चयनकाे तयारी छ। बिहीबार पार्टीका सम्मानित नेता झलनाथ खनालले अन्य पदाधिकारी र केन्द्रीय सदस्य पनि सहमतिमै टुंग्याउन निवर्तमान सचिवालयलाई प्रस्ताव गरेका थिए।

खनालको प्रस्ताव सर्वसम्मत अनुमोदन भएकाे छ। समाजवादीमा २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने विधानमा व्यवस्था छ। महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मतले चयन गरिसकेको छ।

प्रकाशित: २१ असार २०८१ ११:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =