अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा

हिमाल प्रेस २१ असार २०८१ ९:४१
18
SHARES
अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा

काठमाडौँ- अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनल प्रवेश गरेको छ। आज बिहान अमेरिकाको एनआरजी स्टेडियममा भएको खेलमा इक्वेडरलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना सेमिफाइनल पुगेको हो।

खेलको ३५औँ मिनेटमा लिसान्ड्रो मार्टिनेजकाे गोलमा अर्जेन्टिनाले अग्रता लिएको थियो। खेलको ६४औँ मिनेटमा पेनाल्टी मिस गर्दा खेल बराबरीमा ल्याउन नसकेको इक्वेडरले खेलको अन्तिम समयमा गोल गर्‍यो।

इक्वेडरका केल्भिन रोड्रिगोले ९१औँ मिनेटमा गोल गर्दै बराबरीमा ल्याए। त्यसपछिको पेनाल्टीको पहिलो गोल मेस्सीले मिस गरे। त्यसपछि अर्जेन्टिनाका चार खेलाडीले गोल गर्दै सेमिफाइनल पुर्‍याए।

अर्जेन्टिनाले सेमिफाइनलमा भेनेजुएला र क्यानडाको विजेतासँग खेल्नेछ। यी दुई टीमबीचको खेल भोलि बिहान हुनेछ।

प्रकाशित: २१ असार २०८१ ९:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =