दीर्घकालीन महत्वको निर्णय नगर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह

हिमाल प्रेस २० असार २०८१ १६:०१
30
SHARES
दीर्घकालीन महत्वको निर्णय नगर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह एमाले महासचिव शंकर पोखरेल। फाइल तस्बिर।

काठमाडौँ- नेकपा एमालले प्रचण्ड नेतृत्वका वर्तमान सरकार अल्पमतमा परिसकेकोले राजीनामा दिन र कुनै पनि दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न आग्रह गरेको छ।

संसद्का दुई ठुला दल नेकपा एमाले र नेपाली काङ्ग्रेसबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने समझदारी भएकोले वर्तमान सरकार अल्पमतमा परेको स्मरण गराएको छ।

‘वर्तमान सत्ता समीकरणको प्रमुख दल नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूले राजीनामा समेत दिइसक्नुभएको अवस्थामा सरकार स्पष्टतः अल्पमतमा परेको अवस्था छ’, पार्टी महासचिव शंकर पोखरेलले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

संसद्का दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेस नयाँ सरकार गठनका लागि सहमत भएको अहिलेको परिस्थितिमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउने अवस्था नरहेको एमालेले स्पष्ट पारेको छ।

एमालेले माओवादीलाई राष्ट्रिय सहमतिको सरकारमा आउन पनि औपचारिक रूपमा आह्वान गरेको छ। ‘राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियामा सहभागी हुन र सहयोग गर्न पुनः अनुरोध गर्दछ’, विज्ञप्तिमा लेखिएको छ।

 

प्रकाशित: २० असार २०८१ १६:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =