कांग्रेसले बोलायो संसदीय दलको बैठक

हिमाल प्रेस २० असार २०८१ १५:००
40
SHARES
कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौँ- नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। नयाँ वानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा शनिबार दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए।

उनका अनुसार बैठकमा असार १७ मा नेकपा एमालेसँग सत्ता सहकार्यको सहमतिमाथि छलफल हुनेछ। असार १९ मा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको सहमति अनुमोदन गरेको थियो। दलको बैठकले पनि सोही निर्णयलाई अनुमोदन गर्ने लेखकले बताए।

असार २३ मा बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिने कांग्रेस र एमालेको बुझाइ छ। तर, प्रधानमन्त्री प्रचण्डले संविधानले दिएको संवैधानिक अधिकार प्रयोग गरेर विश्वासको मत लिने बताइरहेका छन्।

प्रकाशित: २० असार २०८१ १५:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 16 =