बाँकेमा चोर पक्राउ गर्न प्रहरीले चलायो गोली, एकजना प्रहरी घाइते

हिमाल प्रेस २० असार २०८१ १४:२३
314
SHARES
बाँकेमा चोर पक्राउ गर्न प्रहरीले चलायो गोली, एकजना प्रहरी घाइते सांकेतिक तस्बिर

काठमाडौँ- जिल्ला प्रहरी कार्यालय बाँकेले गोली हानेर डाँका चोरी मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले गोली हानेर एक फरार अभियुक्तलाई पक्राउ गरेको हो। बाँके प्रहरीले चलाएको उक्त अपरेसनमा एकजना प्रहरीलाई समेत गोली लागेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले पक्राउ गर्न गएको प्रहरी टोलीलाई आक्रमण गरेर भागेपछि गोली हानेर नियन्त्रणमा लिइएको जानकारी दिए।

‘डाँका चोरी मुद्दाका फरार प्रतिवादी प्रहरीलाई नै आक्रमण गरेर भागेपछि प्रहरीले गोली लगाएको हो’ उनले भने, ‘घटनामा फरार प्रतिवादीका साथै एकजना प्रहरी पनि घाइते भएका छन्।’

दुवै घाइतेलाई उपचारका लागि भेरी अस्पताल नेपालगन्जमा पुर्‍याइएको छ। घटना बाँकेको डुडुवा गाउँपालिकाको हिरमिनियामा भएको हो। यसबारे थप जानकारी आउन बाँकी रहेको छ।

प्रकाशित: २० असार २०८१ १४:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 5 =