‘तै चुप मै चुप’को निर्माण घोषणा

हिमाल प्रेस २० असार २०८१ ११:२८
26
SHARES
‘तै चुप मै चुप’को निर्माण घोषणा

काठमाडौँ- कमेडी फिल्म ‘तै चुप मै चुप’को निर्माण घोषणा गरिएको छ। घनश्याम लामिछानेको निर्देशनमा कलाकार एवं निर्माता सन्तोष अधिकारीको जन्मोत्सवको अवसर पारेर यो सिनेमाको घोषणा गरिएको हो।

सन्तोष अधिकारी फिल्मस्को व्यानर एवं अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माण सहकार्य रहने सिनेमाको स्कृप्ट मनिष गौतमले लेखिरहेका छन्। फिल्मको काठमाडौँ र पोखरामा छायांकन गरिने निर्माण पक्षले जनाएको छ।

हाल फिल्मका लागि कलाकार र गीत संगीत छनोटको काम भइरहेको छ। फिल्ममा आशिष थापा मगर र प्रतिमा थापाको लगानी रहने छ।

प्रकाशित: २० असार २०८१ ११:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =