तोलामै १६ सयले बढ्यो सुनको भाउ

हिमाल प्रेस २० असार २०८१ ११:१७
24
SHARES
तोलामै १६ सयले बढ्यो सुनको भाउ

काठमाडौँ- सुनचाँदीको मूल्य बढेको छ। सुनको भाउ यसदिन प्रतितोला एक हजार छ सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी प्रतितोला १८ सय २५ रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला ४० रुपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २२ सय ९९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: २० असार २०८१ ११:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =