राजीनामा दिन बालुवाटार गएका रास्वपाका मन्त्रीहरू नदिई फर्किए

हिमाल प्रेस २० असार २०८१ ११:०१
48
SHARES
राजीनामा दिन बालुवाटार गएका रास्वपाका मन्त्रीहरू नदिई फर्किए उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने। तस्बिर : रासस

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पद अल्पमतमा परेसँगै मन्त्रीबाट राजीनामा दिने क्रम जारी छ। संसद्को चौथो ठूला दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि मन्त्रीबाट राजीनामा दिने निर्णय गरेको थियो।

मन्त्रीहरूले राजीनामा बोकेर बालुवाटार पुगे पनि उनीहरू राजीनामा नदिई फर्किएका छन्। प्रधानमन्त्रीसँगको भेटपछि पत्रकारसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीले संसद सामना गर्ने आफ्नो संवैधानिक अधिकार रहेकाले त्यतिन्जेल पर्खिन आग्रह गरेको बताए।

प्रधानमन्त्रीको आग्रह ठिकै लागेर आफूहरूले राजीनामा नदिई फर्किएको र चाँडो संसदको प्रक्रियामा जान सुझाव दिएको बताए। प्रधानमन्त्रीले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्छु भन्दा त्यतिन्जेलसम्म आफूहरुले साथ दिने बताएको उनको भनाइ छ।

रास्वपाका मन्त्री सरकारबाट फिर्ता हुँदै

प्रकाशित: २० असार २०८१ ११:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =