मुकुल ढकाल भन्छन् : रविजीले म मिडियाको हेडमास्टर हुँ भन्नुभएको छ, मेरो चरित्र हत्या हुन सक्छ

हिमाल प्रेस २० असार २०८१ ८:०९
42
SHARES
मुकुल ढकाल भन्छन् : रविजीले म मिडियाको हेडमास्टर हुँ भन्नुभएको छ, मेरो चरित्र हत्या हुन सक्छ राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकाल।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा मुकुल ढकालले महामन्त्री र प्रवक्ताबाट निलम्बनमा परेपछि अब आफ्नो चरित्रहत्या हुन सक्ने आशंका व्यक्त गरेका छन्।

उनले आजसम्म सभापति रवि लामिछानेले देश बनाउँछन् भनेर गलत कुरालाई पनि मानेको बताएका छन्। ‘उहाँले देश बनाउनु हुन्छ, उहाँको कुरा मान्नुपर्छ। कति कुरा गलत लाग्दा लाग्दै मानिदिए, केन्द्रीय समितिको बैठकमा केही कुरा पेलेरै लागू गरिदिए।’ मुकुल भन्छन्,‘तर, बैठकमा पेल्ने मान्छे म थिए वा अरू थियो। आजको बैठकले छलंग बनाएको छ।’

मुकुलले आजसम्म रविले भनेकी मानिदिएको तर पछिल्लो समय देश बन्दैन कि भन्ने लागेको स्पष्ट पारेका छन्। ‘प्रचण्डसँग सहमति गरेर आइसकेपछि, मलाई सरकारमा जाने भन्नुभयो। मैले उहाँको आदेश अनुसार प्रस्तुति दिए, मैले सोचे, मेरो कर्तव्य हो, र यो मान्छेले देश बनाउँछ साथ दिनपर्छ।’ तर सरकारमा गएपछि लामिछानेको काम शंकास्पद देखिएको मुकुल बताउँछन्।

पार्टीभित्र रवि प्रवृत्तिको विरोध आफूले गर्नैपर्ने भएकाले गरेको दाबी उनको छ। रावि लामिछानेमा देउवा, प्रचण्ड र ओली प्रवृत्ति दोहोरिएपछि विरोध गरेको उनले प्रष्ट पारेका छन्। मुकुलले रविलाई सच्याउनका लागि र नेताबाट राजनेता बनाउनका लागि गरेको बताएका छन्। तर लामिछानेले त्यसको अनुभूति नगरेको उनको भनाइ छ।

उनले भनेका छन्, ‘राष्ट्रिय स्वतन्त्र सभापति रवि लामिछानेमा देउवा प्रवृत्ति, ओली प्रवृत्ति र प्रचण्ड प्रवृत्ति देखिन्छ भने रवि प्रवृत्तिको विरोध मैले गर्नुपर्छ। र त्यही कुरा मैले गरेको हुँ। त्यो विरोध मैले उहाँलाई सच्याउनका लागि गरेको हुँ। मैले उहाँलाई नेताबाट राजनेता बनाउनका लागि विरोध गरेको हुँ। तर कताकता उहाँले त्यसको अनुभूति गर्नु भएन।’

प्रकाशित: २० असार २०८१ ८:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + ten =