रुपन्देही : भन्सार छलीका चार लाख मूल्यका सामान बरामद

हिमाल प्रेस १९ असार २०८१ २१:४२
28
SHARES
रुपन्देही : भन्सार छलीका चार लाख मूल्यका सामान बरामद

लुम्बिनी- भन्सार छली गरी नेपाल भित्र्याइएका चार लाख बराबरको सामान बरामद गरिएको छ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बरामद सामानहरू भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाएको हो।

जिल्ला प्रहरीबाट खटिएको प्रहरी टोलीले मंगलबार र बुधबार गरी स्थानहरूमा जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ अवैधरूपमा भन्सार छली पैठारी गरेको अवस्थामा चार लाख ६ हजार एक सय बराबरको सामान र सवारीसाधन नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार टप्स ५४ पिस, कुर्ता ४८ पिस, लेगिज २७० पिस, लेडिज चुन्नी ५० प्याकेट बरामद गरिएको छ। यस्तै प्याज १० बोरा, विभिन्न किसिमका किराना सामानहरू समेत बरामद गरिएको छ।

प्रहरीले सामानसँगै भारत नौतवना बस्ने २६ वर्षीय धर्वेन्द्रकुमार सहानी र लु २२ प ५८१० नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।

बरामद सामान, नियन्त्रणमा लिई मानिस, सवारी साधनहरु समेत आवश्यक कारबाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १९ असार २०८१ २१:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =