‘ह्यारेसमेन्ट’ भयो भन्दै बैठक छाडेर हिँडे मुकुल ढकाल

हिमाल प्रेस १९ असार २०८१ २०:३३
56
SHARES
‘ह्यारेसमेन्ट’ भयो भन्दै बैठक छाडेर हिँडे मुकुल ढकाल

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा.मुकुल ढकाल आफूमाथि ‘ह्यारेसमेन्ट’ भएको बन्दै पार्टी बैठक छाडेर बाहिरिएका छन्। उनी बैठक नसकिँदै बाहिरिएका हुन्।

बैठकबाट बाहिरिने क्रममा उनले आफूले बैठकको लाइभको माग गर्दा नेतृत्व तह ह्यारेमेन्टमा उत्रिएको आरोप लगाए।

यस्तै उनले सभापति रवि लामिछानेमाथि जहिल्यै अरूलाई दोष थोपर्ने गरेको आरोप पनि लगाए। ‘उहाँ (रवि लामिछाने) जुन पदमा हुनुहुन्छ, त्यो पदले कहिले पनि गल्ती गर्दैन भनेजस्तो भयो,’ उनले भने, ‘महामन्त्रीलाई सबै दोष थोपर्न खोजियो।’

उनले कसले झुट बोलेको हो मेसिन राख्न पनि आग्रह गरे । ‘मैले बोलेको कुरा झुटो हो कि होइन मेसिनबाट जाँच गरौँ,’ उनले भने, ‘मसँग जुन व्यवहार गरियो त्यो गैरजिम्मेवारीपूर्ण छन्।’

सभापति, उपसभापतिहरूले आफूलाई महामन्त्री मान्दिनँ भनेको पनि उनले बताए।

यस्तो छ रविले पेस गर्न नदिएको महामन्त्री मुकुल ढकालको प्रस्ताव [पूर्ण पाठसहित]

रास्वपा बैठक लाइभ नगरेकोमा मुकुलको असन्तुष्टि, मुखमा टेप लगाएर सहभागी

प्रकाशित: १९ असार २०८१ २०:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =