एमालेले फिर्ता लियो सरकारलाई दिएको समर्थन

हिमाल प्रेस १९ असार २०८१ १९:३२
58
SHARES
एमालेले फिर्ता लियो सरकारलाई दिएको समर्थन

काठमाडौँ- नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। समर्थन फिर्ताको पत्र केहीबेरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाउने तयारी गरिएको एमालेका एक नेताले जानकारी दिए।

नेपाली कांग्रेससँगको नयाँ गठबन्धन बन्ने सहमति गरेको नेकपा एमालेले माओवादीसहितको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो। आजै एमालेका मन्त्रीले पदबाट राजीनामा दिने भएका छन्।

प्रधानमन्त्रीलाई नेकपा एमालेको सचिवालय बैठकले प्रधानमन्त्री दाहाललाई नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए। तर प्रधानमन्त्रीले राजीनामा दिने संकेत नदेखिएपछि एमालेले समर्थन फिर्ता लिने निर्णय गरेको हो।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासकाे मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। कांग्रेस र एमाले नै बाहिर हुँदा दाहालले विश्वासको मत पाउने सम्भावना नै छैन।

गत सोमबार नेपाली कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति जुटेको छ। सहमतिअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली पहिले र त्यसपछिको चुनावी सरकारमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति भएको छ।

प्रकाशित: १९ असार २०८१ १९:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − five =