झापामा विपद्का घटना : एक वर्षमा १५ जनाको मृत्यु

हिमाल प्रेस १९ असार २०८१ १९:५४
24
SHARES
झापामा विपद्का घटना : एक वर्षमा १५ जनाको मृत्यु

झापा- विपद्जन्य घटनाबाट झापामा १५ जनाको मृत्यु भएको छ भने १३ करोडभन्दा बढीको क्षति भएको छ।

चालु आर्थिक वर्षको साउनदेखि हालसम्ममा बाढी, आगलागी, हावाहुरी र चट्याङजस्ता विपद्जन्य घटनाका कारण १५ को मृत्यु र १३ करोड ७२ लाख ८४ हजार नौ सयको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर चन्दले बताए।

हावाहुरीबाट २ करोड ७६ लाख ४० हजार, बाढीबाट एक करोड ५० लाख, आगलागीबाट ९ करोड ८३ लाख ६ सय र चट्याङले ८ लाख ४४ हजार तीन सय बराबरको भौतिक क्षति भएको छ।

त्यस अवधिमा बाढीबाट ९ जनाको मृत्यु र एक बेपत्ता, आगलागीबाट तीनको मृत्यु, २३ जना घाइते र चट्याङ लागेर तीनको मृत्यु, तीनजना घाइते भएका प्रवक्ता चन्दले जानकारी दिए।

प्रकाशित: १९ असार २०८१ १९:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =