कांग्रेस-एमालेको गठबन्धनलाई सहयोग गर्ने लोसपाको निर्णय

हिमाल प्रेस १९ असार २०८१ १७:५३
30
SHARES
कांग्रेस-एमालेको गठबन्धनलाई सहयोग गर्ने लोसपाको निर्णय लाेसपा अध्यक्ष महन्थ ठाकुर। फाइल तस्बिर

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले कांग्रेस(एमाले गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ। बुधबार बबरमहलस्थित पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको नेता सर्वेन्द्रनाथ शुक्लाले बताए।

बैठकमा अध्यक्ष महन्थ ठाकुरले पछिल्लो विकसित घटनाक्रम र हिजो कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटबारे ब्रिफिङ गरेको उनको भनाइ छ। यो गठबन्धनलाई समर्थन गर्ने निर्णय भए पनि सरकारमा जाने या नजाने भन्नेबारे अहिले कुनै निर्णय नगरेको उनको भनाइ छ।

उनले भने, ‘हामीसँग सरकारमा जाने नजाने भन्ने विषयमा औपचारिक छलफल कांग्रेस एमालेले गरेको छैन। तर, संविधान संशोधनसहितको मुद्दा अघि सारेकाले हामीले समर्थन गर्ने निर्णय गरेका हौँ।

प्रकाशित: १९ असार २०८१ १७:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =