देउडा र ठाडी भाकामा कर्णालीकाे ‍व्यथा समेटिएकाे ‘हिरूलाल’

हिमाल प्रेस १९ असार २०८१ १८:००
8
SHARES
देउडा र ठाडी भाकामा कर्णालीकाे ‍व्यथा समेटिएकाे ‘हिरूलाल’

काठमाडौँ- कर्णाली बासीकाे जन-जीवनमा आधारित म्युजिकल फिल्म ‘हिरूलालः द सोल अफ कर्णाली’ सार्वजनिक गरिएको छ। जुम्लाको विभिन्न स्थानमा छायांकन गरिएको फिल्ममा सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित  देउडा र ठाडी भाकाको समिश्रण छ।

यो म्युजिकल फिल्ममा आर्थिक अभाव र अन्य अवसरका लागि विदेसिन बाध्य स्थानीयको पीडालाई प्रस्तुत गरिएको छ। साथै कर्णाली र सुदुरपश्चिमका मानिसहरु कसरी सडक र सञ्चार सुविधाबाट बञ्चित छन्, भन्ने  तथ्यलाई पनि नजिकबाट नियाल्न सकिन्छ।

म्युजिकल फिल्म सञ्चारकर्मी रतन देवकोटाले निर्देशन गरेका हुन्। यो उनको डेब्यु निर्देशन पनि हो। उनले आफ्नै प्रदेशको कथा भन्ने उद्देश्यले यो फिल्म बनाएको बताए। ‘सुरुवातमा हाफ्नै ठाउँको कथालाई प्रस्तुत गर्नुपर्छ भन्ने लाग्यो र एउटा जुझारु टिम बनाएर यो कथा भन्ने आँट गरेको हुँ,’ उनले भने।

गीतको कथा, क्रियटिभ निर्देशक तथा प्रोडक्सन डिजाइनर गोविन्द सुनार हुन्। चक्र बमले कम्पोज गरेको गीतमा उनीसहित ठाडी भाकामा वरिष्ठ देउडा गायिका डिक्रा देवी बादी र रचना रिमालको स्वर छ।

गीतका संगीत निर्माता कोविद बज्र हुन्। सौरभ लामिछानेको छायांकन रहेको भिडियोमा फिल्म ‘प्रकाश’ की अभिनेत्री रेनु नाथ योगी, बालकलाकार सञ्जय परियार र गायक चक्र बलको अभिनय देख्न सकिन्छ।

अभिनेत्री योगीले ‘प्रकाश’ पश्चात पुनः जुम्लाकी स्थानीय महिलाको भुमिका निवार्ह गरेकी छन्। जो परदेसिएका पतिको प्रतिक्षामा छिन्।

उपत्यकामा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएकाे गीतकाे कार्यक्रममा जुम्लाका सांसद तथा राप्रपाका नेता ज्ञानेन्द्र शाही प्रमुख अतिथिको रुपमा उपस्थित थिए भने कार्यक्रम पत्रकार टिकाराम यात्रीले सञ्चालन गरे।

प्रकाशित: १९ असार २०८१ १८:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 8 =