सीसीए बेस्ट एसीसीए कलेज अफ नेपाल अवार्डबाट सम्मानीत

हिमाल प्रेस १९ असार २०८१ १६:३४
302
SHARES
सीसीए बेस्ट एसीसीए कलेज अफ नेपाल अवार्डबाट सम्मानीत

काठमाडौँ- नेपालमा एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्सी (एसीसीए) कार्यक्रम प्रदान गर्ने सर्टिफाइड कलेज अफ अकाउन्टेन्सी (सीसीए) बेस्ट एसिसीए कलेज अफ नेपाल अवार्ड’बाट सम्मानीत भएको छ। भारतको लेडिभाइन र नेपालको पेजेन्ट नेपालले संयुक्त रुपमा काठमाडौँमा आयोजना गरेको छैठौँ अन्तर्राष्ट्रिय एक्सिलेन्स अवार्ड- २०२४ समारोहमा उक्त अवार्ड प्राप्त गरेका हो।

विगत २००६ देखि आजसम्म कलेजले उपयुक्त वातावरण र पूर्वाधारका साथ नेपालमा गुणस्तरीय एसीसीए शिक्षा प्रदान गर्दै आइरहेको एक अग्रणी एसीसीए शैक्षिक हबको रूपमा स्थापित सीसीए नेपालमै पहिलो पटक आईएसओ सर्टिफिकेट प्राप्त कलेज बन्न सफल भएको छ।

यसैसरी एसीसीएको प्लाटिनम स्वीकृत लर्निङ पार्टनरका रूपमा परिचित कलेजले सबैभन्दा धेरै संख्यामा एसीसीए विद्यार्थी दर्ता गर्न सफल भएको आधार मा उक्त अवार्ड प्रदान गरिएको हो।

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्था तथा व्यक्तिहरूलाई सम्मान गरिएको थियो। समारोह कार्यक्रममा भारतकी चर्चित नायिका जय प्रदाको विशेष आतिथ्यता रहेको थियो।

प्रकाशित: १९ असार २०८१ १६:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 1 =