‘प्रधानमन्त्रीले मार्ग प्रशस्त नगरे साँझसम्म हाम्रा मन्त्रीले राजीनामा दिनुहुन्छ’

हिमाल प्रेस १९ असार २०८१ १४:५९
80
SHARES
‘प्रधानमन्त्रीले मार्ग प्रशस्त नगरे साँझसम्म हाम्रा मन्त्रीले राजीनामा दिनुहुन्छ’ एमाले प्रमुख सचेतक महेश बर्तौला

काठमाडौँ- नेपाली कांग्रेससँगको नयाँ गठबन्धन बन्ने सहमति गरेको नेकपा एमालेले माओवादीसहितको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। एमालेका प्रमुख सचेतक महेश बर्तौलाले आज साँझसम्म एमालेका मन्त्रीले पदबाट राजीनामा दिने बताए।

प्रधानमन्त्रीलाई नेकपा एमालेको सचिवालय बैठकको निर्णयअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाललाई नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरिएको र त्यसो नगरे एमाले आफैँ सरकारबाट बाहिरिने उनको भनाइ छ।

‘हामीले राजीनामा दिएर मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई आह्वान गरेका छाैँ,’ उनले भने, ‘साँझसम्म त्यसाे हुन सकेन भने हाम्रा मन्त्रीहरूले राजीनामा दिनुहुन्छ । सरकारलाई दिएकाे समर्थन फिर्ता हुन्छ।’

बुधबार बिहान बसेकाे कांग्रेस कार्यसम्पादन समितिकाे बैठकले पनि प्रधानमन्त्रीलाई राजीनामा दिन आह्वान गरेकाे थियाे।

तर, प्रधानमन्त्री दाहालले राजीनामा नदिने अडान लिएपछि एमालेले समर्थन फिर्ता लिएर सरकार ढाल्ने तयारी सुरु भएको हो। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासकाे मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। कांग्रेस र एमाले नै बाहिर हुँदा दाहालले विश्वासको मत पाउने सम्भावना नै छैन।

गत सोमबार नेपाली कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति जुटेको छ। सहमतिअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली पहिले र त्यसपछिको चुनावी सरकारमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने छन्।

प्रकाशित: १९ असार २०८१ १४:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − two =