तरलता व्यवस्थापन गर्न ५० अर्ब खिच्दै राष्ट्र बैंक

हिमाल प्रेस १९ असार २०८१ १२:०६
10
SHARES
तरलता व्यवस्थापन गर्न ५० अर्ब खिच्दै राष्ट्र बैंक राष्ट्र बैंक

काठमाडौँ- बैंकिङ प्रणालीमा अधिक तरलता बढेपछि राष्ट्र बैंकले व्यवस्थापन गर्न आजै बजारबाट ५० अर्ब रुपैयाँ खिच्न लागेको छ। बैंकले बैंक तथा वित्तीय संस्थाहरुको तरलता खिच्न निक्षेप संकलनमार्फत ५० अर्ब रुपैयाँ तान्न लागेको राष्ट्र बैंकले जनाएको छ।

तरलता खिच्न निक्षेप संकलनका लागि बैंक तथा वित्तीय संस्थाहरुले आज दिउँसो ३ बजेसम्म बोलकबोल मार्फत आवेदन दिन सक्नेछन् बैंकले जानकारी दियो। बजारमा अधिक तरलता देखिएपछि व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ। राष्ट्र बैंकले २१ दिनका लागि बोलकबोल मार्फत नै ब्याजदर निर्धारण हुनेछ।

प्रकाशित: १९ असार २०८१ १२:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =