प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले लिए शपथ

हिमाल प्रेस १९ असार २०८१ १३:४०
14
SHARES
प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले लिए शपथ

काठमाडौँ- प्रतिनिधिसभाको सचिवमा नियुक्त सुरेश अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन्। बुधबार सभामुख देवराज घिमिरेले अधिकारीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
सभामुख देवराज घिमिरेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार अधिकारीलाई सचिवमा नियुक्त गरेका थिए।

सङ्खुवासभा खाँदबारी नगरपालिका-२ निवासी अधिकारी शिक्षा मन्त्रालयको सचिवबाट अवकाश भएका थिए। प्रतिनिधिसभा सचिव पद्मप्रसाद पाण्डेय संघीय संसद्को महासचिव नियुक्त भएपछि २०८० साल माघ २३ देखि सचिव पद रिक्त थियो।

प्रकाशित: १९ असार २०८१ १३:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =