यस्तो छ रविले पेस गर्न नदिएको महामन्त्री मुकुल ढकालको प्रस्ताव [पूर्ण पाठसहित]

'मैले विवाह गर्ने कि कुमार नै बस्ने निर्णय गरिदिनु'

हिमाल प्रेस १९ असार २०८१ १३:०२
582
SHARES
यस्तो छ रविले पेस गर्न नदिएको महामन्त्री मुकुल ढकालको प्रस्ताव [पूर्ण पाठसहित]

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीको मूल नेतृत्वसँग असन्तुष्ट जनाउँदै आएका महामन्त्री मुकुल ढकालले आजको केन्द्रीय समिति बैठकमा आफूले प्रस्ताव पेस गर्नै नपाएको बताएका छन्।

बैठकमा बोल्न पाउनुपर्ने, पार्टी बैठक लाइभ हुनुपर्ने मागसहित मुखमा कालो टेप लगाएर उपस्थित भएपछि आफूलाई प्रस्ताव पेस गर्न नदिएको उनको आरोप छ। मंगलबारमात्रै रास्वपाको सचिवालय बैठकले महामन्त्रीलाई ढकाललाई प्रस्ताव पेस गर्न दिने निर्णय गरेको थियो। तर बुधबार उनको उपस्थितिसँगैको गतिविधिले उनलाई बैठकमा प्रस्ताव पेस गर्न रोकिएको रास्वपाका ‍नेताहरू बताउँछन्।

देशभर पार्टीको अवस्था बुझेर समीक्षा प्रतिवेदन तयार पारेको र सोही प्रतिवेदनमा आफूले आजको बैठकमा पेस गर्ने प्रस्ताव तयार पारेको ढकालको दाबी छ।

ढकाललाई पेस गर्नै नदिइएको प्रस्तावमा केके छन् त यहाँ उल्लेख गरिएको छ।

ढकालले पेस गर्न नपाएको प्रस्ताव ६ पृष्ठको छ।
उनले आठ बुँदामा आफ्ना केही गुनासोसहित सुझाव पनि पेस गरेका छन्। त्यस्तै उनले रास्वपा सभापति रवि लामिछानेको पार्टी भएको र यसलाई राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनुपर्ने प्रस्ताव पनि तयार पारेका रहेछन्।

उनले पेस गर्न नपाएको प्रस्ताव पत्रमा भनिएको छ, ‘आशाको दियोलाई फेरि बालौँ। राष्ट्रिय स्वतन्त्र पार्टीलाई अबको १०० दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं, रविको पार्टी होइन। सभापति पनि रवि लामिछानेलाई नै बनाऔं तर, पार्टीलाई रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं।’

उनले आफूले समीक्षा प्रतिवेदनमा रास्वपा को हो? किन आएको? पार्टी र सरकारको सम्बन्ध कस्तो हुने? केन्द्रीय समिति र संसदीय दलको सम्बन्ध कस्तो हुने? संसदीय दल र सरकारको सम्बन्ध कस्तो हुने? पार्टीको निर्णय प्रक्रिया के हो? कुन तहक निर्णय कसले गर्ने? कुन तहले के गर्ने भन्ने विषय उठाएको पनि बताएका छन्।

ढकालले आफ्नो व्यक्तिगत जीवनबारे पनि निर्णय गरिदिन पनि भनेका छन्। उनले आफ्नो जीवनकै बारेमा केन्द्रीय समितिले निर्णय गरिदिँदा पनि फरक नपर्ने बताएका छन्। ‘मैले विवाह गर्ने कि नगर्ने, कुमार नै बस्ने कि केन्द्रीय समितिले निर्णय गरिदेओस्,’ उनले पेस गर्न नपाएको प्रस्ताव पत्रमा छ, ‘केन्द्रीय समितिले नै केटी खोजेर योसँऊ गर भन्छ भने म तयार छु। या आफ्नो इच्छा गर भन्छ भने नि ठीक छ। तर निर्णय गरिदेओस्। जुन दिन यो निर्णय गर्न उपयुक्त लाग्छ त्यही दिन गरिदिनुहोस्।’

उनले देश निर्माण र पार्टी निर्माणका लागि जीवन नै समर्पण गरेको पनि उल्लेख गरेका छन्।

यस्ता छन् उनले प्रस्तुत गर्न नपाएको भनेको प्रस्ताव 

प्रकाशित: १९ असार २०८१ १३:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + nineteen =