आज साँझसम्म सरकारबाट एमाले बाहिरिने कांग्रेसको विश्वास

हिमाल प्रेस १९ असार २०८१ १२:३५
62
SHARES
आज साँझसम्म सरकारबाट एमाले बाहिरिने कांग्रेसको विश्वास विश्वप्रकाश शर्मा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आज साँझसम्म एमाले सरकारबाट बाहिरिने बताएका छन्। राष्ट्रिय आवश्यकताले नै दुई ठूला दल मिलेको भन्दै शर्माले आज साँझसम्म एमालेले सरकार छोडेपछि नयाँ सरकार गठनको विषयमा प्रवेश गर्ने बाटो खुल्ने बताए।

‘एमाले आज साँझसम्म सरकारबाट बाहिरिने अवस्था होला। वा प्रधानमन्त्रीले छोड्नुहोला। नभए विश्वासको मत लिने उहाँको अधिकार हो,’ शर्माले भने, ‘दुई ठूला दल मिल्दा पनि चुनौती हुँदैनन् भन्ने होइन। तर प्रणालीलाई बलियो बनाउन संविधान शंसोधन गर्ने समझदारी दुई दलले गरेका छन्।’

चार महिनामा सरकार बदलिनु सुखद् नभए पनि जनताले नयाँ समीकरण बन्न खोज्दा आशाले हेरेको उनले बताए।

‘सरकार चार महिनामा बदलिनु सुखद होइन। तर आम नागरिकमा दई दलले अर्थतन्त्रको प्रभावकारी सामना गरुन। नागरिकको भावना अनुसार काम गरुन् भन्ने चाहेका छन्,’ शर्माले भने, ‘सात वटा बुँदामा भएको सहमति कार्यान्वयन गर्ने, संविधान शंसोधनमा दललाई मिलाएर लानुपर्ने आवश्यकता छ।’

प्रकाशित: १९ असार २०८१ १२:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − six =