लोसपाको पदाधिकारी बैठक बस्दै

हिमाल प्रेस १९ असार २०८१ ९:१८
244
SHARES
लोसपाको पदाधिकारी बैठक बस्दै

काठमाडौँ- नयाँ सत्ता समीकरण र सरकार निर्माणबारे छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को पदाधिकारी बैठक बस्दैछ। आज दिउँसो २ बजे पार्टी कार्यालयमा बैठक बोलाइएको लोसपाका महासचिव मनिष मिश्रले हिमाल प्रेसलाई जानकारी दिए।

आज बस्ने बैठकमा विकसित राजनीतिक परिस्थितिका विषयमा छलफल हुनेछ। नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारमा सहभागी हुन लोसपालाई प्रस्ताव गरिएको छ। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले लोसपा अध्यक्ष महन्थ ठाकुरलाई भेटेर सरकारलाई समर्थन गर्न प्रस्ताव गरेका हुन्। देउवाले संविधान संशोधनलगायतका विषयमा लोसपाको सहयोग चाहिने बताएका थिए।

लोसपाले संविधान संशोधनको सन्दर्भमा सरकारलाई समर्थन गर्न सकिने बताउँदै आएको छ।  तर, सत्तामा सहभागी हुँदाको आफ्नो ‘पोजिसन’बारे बुझन पनि लोसपाले बैठक बोलाएको हो।

प्रकाशित: १९ असार २०८१ ९:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 1 =