मुकुलको प्रतिवेदनमा छलफल गर्न रास्वपाको केन्द्रीय समिति बस्दै

हिमाल प्रेस १९ असार २०८१ ८:३१
10
SHARES
मुकुलको प्रतिवेदनमा छलफल गर्न रास्वपाको केन्द्रीय समिति बस्दै रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक। फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालयमा बिहान ८ बजेपछि बैठक बस्न लागेको हो। बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम, सरकारमा रहँदाको समीक्षा, महामन्त्री मुकुल ढकालको राजनीतिक प्रतिवेदनलगायत विषयमा छलफल हुने रास्वपाले जनाएको छ।

कांग्रेस र एमालेबीच नयाँ सरकार गठन गर्ने सहमति भएपछि रास्वपाले केही दिनमा आफ्ना मन्त्रीले राजीनामा दिने निर्णय गरिसकेको छ। रास्वपाले अर्को सरकारको प्रक्रिया अघि बढाइएपछि आफूहरू मन्त्रिपरिषद्बाट बाहिरिने निर्णय गरिसकेको छ।

मंगलबार सिंहदरबारमा बसेको रास्वपाको सचिवालय बैठकले नयाँ गठबन्धनमा सामेल नहुने निर्णय गरेको थियो। आजको बैठकमा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि छलफल हुनेछ।

प्रकाशित: १९ असार २०८१ ८:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =