सेमिफाइनलका लागि भिड्दैछन् यी ८ टोली

हिमाल प्रेस १९ असार २०८१ ८:०४
16
SHARES
सेमिफाइनलका लागि भिड्दैछन् यी ८ टोली

काठमाडौँ- युरोको क्वाटरफाइनल समीकरण पूरा भएको छ। गएराति अन्तिम १६ को दुई खेलसँगै क्वाटरफाइनल समीकरण पूरा भएको हो।

यसअघि इटालीलाई हराउँदै स्वीट्जरल्यान्ड, डेनमार्कलाई हराउँदै जर्मनी, स्लोभाकियालाई हराउँदै इंग्ल्याण्ड, जर्जियालाई हराउँदै स्पेन, बेल्जियमलाई हराउँदै फ्रान्स र स्लोभानियालाई हराउँदै पोर्चुगल क्वाटरफाइनलमा पुगेको थियो।

क्वाटरफाइनलको खेल शुक्रबारदेखि हुनेछ। पहिलो खेल स्पेन र जर्मनी भिड्नेछन्। दोस्रो खेल पोर्चुगलले फ्रान्ससँग खेल्नेछ। त्यस्तै इंग्ल्यान्ड स्वीटजरल्यान्ड्ससँग र नेदरल्यान्डस्ले टर्कीसँग सेमिफाइनल पुग्नका लागि खेल्नेछ।

सेमिफाइनल १० जुलाईदेखि र फाइनल १५ जुलाइमा हुनेछ।

प्रकाशित: १९ असार २०८१ ८:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + twenty =