टर्की र नेदरल्यान्ड्स युरो २०२४ को क्वाटरफाइनलमा

हिमाल प्रेस १९ असार २०८१ ७:१८
12
SHARES
टर्की र नेदरल्यान्ड्स युरो २०२४ को क्वाटरफाइनलमा

काठमाडौँ- टर्की र नेदरल्यान्ड्स युरो २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेका छन्। मंगलबार राति भएको खेलमा नेदरल्यान्ड्सले रोमानियालाई ३-० गोल अन्तरले हराउँदै प्रतिययोगिताको अन्तिम ८ मा स्थान बनाएको हो। २०औं मिनेटमा कोडी गाक्पोले सुरुवाती गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए। जाभी सिमोन्सको पासमा उनले बक्स भित्रबाट नियर-पोस्टमा राम्रो फिनिस गरेका थिए।

दोस्रो गोल ८३औं मिनेटमा डोन्यल मालेनले गरे। रोमानियाका डिफेन्डर राडु ड्रागुसिनले गल्ती गरेपछि गाक्पोको पासमा उनले गोल गरेका थिए।

तेस्रो गोल मालेनले नै इन्ज्युरी समयको चौथो मिनेटमा गर्दै जित निश्चित गरे। यता टर्कीले अस्ट्रियालाई २-१ ले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो। टर्कीको जितमा डिफेन्डर मरिह डेमीरालले दुवै गोल गरेका थिए । अष्ट्रियाले खेलको अन्त्यतिर लगातार आक्रमण बुन्दै गोल फर्काएपनि बराबरी भने गर्न सकेन।

खेलको पहिलो मिनेटमै डेमीरालले टर्कीलाई अघि बढाए। आर्डा गुलरको कर्नरमा आएको बललाई अष्ट्रियाको डिफेन्सले क्लियर गरेपनि डेमीरालले ६ यार्ड बक्स भित्रबाट गोल गर्न सफल भए। दोस्रो हाफको ६६ औं मिनेटमा गुलरकै कर्नरमा उनले हेडरमार्फत गोल गर्दै अग्रता दोब्बर पारे।

६६ औं मिनेटमा अष्ट्रियाले गोल फर्कायो। माइकल ग्रेगोरिस्चले क्लियर हुन नसकेको बलमा गोल गर्दै खेलमा फर्काए। त्यसपछि अष्ट्रियाले लगातार आक्रमण बुनीरह्यो। इन्ज्युरी समयको अन्तिम मिनेटमा टर्कीका गोलरक्षक मर्ट गुनोकले सानदार बचाउ गर्दै टोलीको जित सुनिश्चित गरे।

अब टर्कीले क्वाटरफाइनलमा नेदरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। क्वाटरफाइनलका अन्य प्रतिस्पर्धामा स्पेनले जर्मनीको सामना गर्नेछ भने इंग्ल्यान्डले स्विटजरल्यान्डसँगको भेट पक्का गर्दा फ्रान्सले पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: १९ असार २०८१ ७:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 1 =