हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

हिमाल प्रेस १९ असार २०८१ ६:२९
8
SHARES
हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर फाइल तस्बिर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राहरूको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, दिनार, पाउन्डसहित केही विदेशी मुद्राको मूल्य बढेको छ। तर अस्ट्रेलियन डलर, युरोसहित केही विदेशी मुद्राको मूल्य भने घटेको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९२ पैसा निर्धारण भएको छ।
हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८१ पैसा थियो। आजको लागि युरोपियन युरो १ को खरिदर १४२ रुपैयाँ ९० पैसा र बिक्रीदर १४३ रुपैयाँ ५४ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४३ रुपैयाँ १७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८२ पैसा थियो।

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ८० पैसा र बिक्रीदर १६९ रुपैयाँ ५६ पैसा थियो। आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ६५ पैसा र बिक्रीदर ८९ रुपैयाँ ०५ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ८९ रुपैयाँ २८ पैसा थियो।

आजको लागि कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ८० पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ५९ पैसा थियो। आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३५५ रुपैयाँ २५ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ९४ पैसा थियो।

प्रकाशित: १९ असार २०८१ ६:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − three =