बढाइयो नुनको मूल्य

हिमाल प्रेस १८ असार २०८१ २१:४१
84
SHARES
बढाइयो नुनको मूल्य

काठमाडौँ- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बढाएको छ। कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नुनको बुधबारदेखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो।

समायोजित मूल्यअनुसार आयोनुन एक किलो प्याकेटको २६ रूपैयाँ पुगेको छ। न्यू शक्ति नुन एक किलोको २० रूपैयाँ कायम भएको छ। यस्तै भानू नुनको मूल्य एक किलोको ९ रूपैयाँ नै यथावत् राखिएको छ।

प्रकाशित: १८ असार २०८१ २१:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =