प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न एमालेले आह्वान गर्ने

हिमाल प्रेस १८ असार २०८१ १९:२५
82
SHARES
प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न एमालेले आह्वान गर्ने

काठमाडौँ- एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मार्गप्रशस्त गर्न आह्वान गर्ने भएको छ। मंगलबार बसेको सचिवालय बैठकले बुधबार प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न आग्रह गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

साथै बैठकले राष्ट्रिय सहमतिको सरकार बनाउन सबै राजनीतिक दललाई पनि आह्वान गर्ने निर्णय गरेको छ। तर प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा नदिने बरु विश्वासको मतको सामना गर्ने बताइरहेका छन्।

एमालेले प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न आग्रह गर्ने निर्णय गरे पनि आफ्ना मन्त्रीहरूलाई भने फिर्ता बोलाएको छैन। कांग्रेस र एमालेबीच सत्ता सहकार्य गर्ने र एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने सहमति भएको छ।

प्रचण्ड एक्लिनुका यी सात कारण

प्रकाशित: १८ असार २०८१ १९:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =