सारियो ‘सतीदेवी’को प्रदर्शन मिति

हिमाल प्रेस १८ असार २०८१ १३:३७
4
SHARES
सारियो ‘सतीदेवी’को प्रदर्शन मिति

काठमाडौँ- फिल्म ‘सतीदेवी’ भदौ ७ देखि प्रदर्शन हुने भएको छ। यसअघि साउन ४ गते प्रदर्शन हुने भनिएको फिल्म अब भदौ ७ गतेदेखि प्रदर्शनमा गरिनेछ।

निर्माण टिमले प्रेस विज्ञप्ति जारी गर्दै केही प्राविधिक कारणले फिल्मको प्रदर्शन मिति हेरफेर गरेको जानकारी दिएको छ।

विज्ञप्तिमार्फत वितरक, निर्मातालाई उक्त मितिमा कुनै पनि स्वदेशी वा विदेशी फिल्म नल्याउन अनुरोधसमेत गरिएको छ।

लक्ष्मण सुवेदी निर्देशित फिल्म सामाजिक कथामा आधारित छ। फिल्ममा बाबु छोरीबीचको स्नेहलाई देखाउन खोजिएको छ।

फिल्ममा बाबुछोरीको सम्बन्धमा आउने अवरोह र समाजले हेर्ने गलत सोचलाई चिर्न खोजेको निर्माण टिमले जनाएको छ। फिल्मको लेखन, गीत, निर्माण निर्देशक लक्ष्मणले नै गरेका छन्।

यसअघि फिल्मको पहिलो पोस्टरमा अभिनेत्री मलिका महलको क्यारेक्टर लुक्सले निकै चर्चा पाएको थियो। पोस्टरमा अभिनेत्री महत जुत्ताको माला र कालो मोसो दलेको अवस्थामा छिन्। उनलाई गाउँलेहरु लखेटिरहेका छन्।

मलिकासहित फिल्ममा रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सिर्जनाअधिकारी, मनिशा सापकोटा, सुजिता शिवाकोटी, तुलसी श्रेष्ठलगायत कलाकारको अभिनय छ।

प्रर्दशन अघि नै फिल्मले चलचित्र महोत्सवमा विभिन्न विधामा फिल्म, पटकथा र अभिनेत्री अवार्ड जितिसकेको छ। भने सौराहा दक्षिण एसियाली फिल्म फेस्टिभलमा निर्देशन र फिल्म विधामा उत्कृष्ट बनेको थियो।

फिल्म लमजुङ, तनहुँ, कास्की र काठमाडौँका विभिन्न स्थानमा छायांकन गरिएको छ। बाबु श्रेष्ठले छायांकन गरेको फिल्ममा तारा थापा ‘किम्भे’ को सम्पादन, दीपक शर्मा र सुवास भुसालको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ।

फिल्मका निर्माता दिलसा, सारा र श्रीदेवी सुवेदी हुन्। फिल्म दिलासा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको ब्यानरमा बनेको छ। दिलाशा क्रियसन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको हो।

प्रकाशित: १८ असार २०८१ १३:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 7 =