देउवा भन्छन् : गिरिजाबाबु नभएको भए नेपालमा गणतन्त्र आउँदैनथ्यो

हिमाल प्रेस १८ असार २०८१ १३:३४
24
SHARES
देउवा भन्छन् :   गिरिजाबाबु नभएको भए नेपालमा गणतन्त्र आउँदैनथ्यो

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाकै कारण देशमा गणतन्त्र आएको बताएका छन्।

मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित स्वर्गीय कोइरालाको क्रान्तिदेखि शान्तिसम्म फोटो प्रदर्शनीका क्रममा उनले कोइराला २००७ सालको क्रान्तिदेखि नेपालको राजनीतिमा क्रियाशील, सक्रिय र जुझारु व्यक्तित्व रहेको बताए। उनले गिरिजाका कारण देशमा प्रजातन्त्र मात्रै नफर्किएको भन्दै गिरिजाकै कारण नेपालमा गणतन्त्रसम्म आएको बताए।

सभापति देउवाले आफूले विद्यार्थी बेलामा नै गिरिजालाई चिनेको र गिरिजाकै सहयोगमा विश्वविद्यालयको चुनावमा जाँदा आफू पराजित भएको पनि स्मरण गरे। उनले गिरिजाकै कारण आफू नेपाल विद्यार्थी संघको सभापति भएको बताए। प्रजातन्त्रबाट लडेर गणतन्त्रसमेत ल्याउन सफल भएको व्यक्तिका रूपमा कोइराला रहेको उनले चित्रण गरे।

प्रकाशित: १८ असार २०८१ १३:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − nine =