‘ह्रस्व दीर्घ’ छायांकनको लागि नेपाल आए सुनील र प्रदीप

हिमाल प्रेस १८ असार २०८१ १२:४५
12
SHARES
‘ह्रस्व दीर्घ’ छायांकनको लागि नेपाल आए सुनील र प्रदीप

काठमाडौँ- फिल्म ‘ह्रस्व दीर्घ’को अहिले काठमाडौँमा चौंथो सेड्युलको छायांकन भैरहेको छ।

फिल्मकी निर्मात्री समेत रहेकी अभिनेत्री नीता ढुंगानाले बलिउड फिल्म ‘गजनी’को भिलेन प्रदीप रावत र दक्षिण भारतीय फिल्म ‘पुष्पा’को भिलेन सुनिल वर्माको पार्टको छायांकन अहिले चलिरहेको जानकारी दिइन्।

उनीहरु छायांकनको लागि नेपाल आएको समयमा मिडियासँग पनि साक्षात्कार गरौं भन्ने उद्देश्यले सोमबार पत्रकार भेटघाट कार्यक्रमसमेत आयोजना गरिएको थियो।

कार्यक्रममा बोल्दै प्रदीप रावतले आफूले फिल्ममा अभिनेत्री नीता ढुंगानाको पिताको भूमिकामा अभिनय गर्न लागेको बताए।

यसअघि भोजपुरी फिल्म ‘माही’मा पनि नीतासँग स्क्रिन सेयर गरेको स्मरण गर्दै नीता राम्रो कलाकारसँगै निर्माता समेत रहेको अनुभव सुनाए। निर्देशक चन्द्र पन्तलाई नेपाली फिल्मको कोहीनुर भन्दै स्टन्ट मास्टरबाट निर्देशक बन्दासम्मको यात्रालाई प्रदीपले प्रस्तुत गरेका थिए ।

यस्तै, दक्षिण भारतीय सिनेमा ‘पुष्पा’का भिलेन सुनील वर्माले पनि नेपाली फिल्ममा अभिनय गर्न पाउँदा खुसी लागेको बताए। फिल्मको स्कृप्ट अनुसार सिनेमा पनि उत्कृष्ट बन्ने विश्वास रहेको जिकिर गर्दै यो सहकार्यले नेपाmी फिल्मलाई भारतीय फिल्म उद्योगसँग जोड्ने पुलको काम गर्ने बताए।
साथै, ‘ह्रस्व दीर्घ’ नेपालको पहिलो प्यान इन्डिया फिल्म भएकाले यसलाई भारतीय दर्शकमाझ लैजान उत्साहित रहेको सुनाए।

उिपत्यकामा फिल्मको छायांकन चार दिनसम्म चल्नेछ। चन्द्र पन्तको डेब्यू निर्देशनमा निर्माण भएको फिल्म

नीता फिल्मस्को प्रस्तुतिमा रहेको फिल्मका कार्यकारी निर्माता धनन्जय गलानी हुन्। फिल्ममा नीता ढुङ्गाना, हरिहर अधिकारी, प्रदीप र सुनीलका अलवा ब्रह्मानन्दम्, अली, कवीर सिंह दुहान, सञ्चीता लुईटेल, विपना थापा, प्रशानत ताम्राकार, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ, किरण केसीलगायतका कलाकारको अभिनय छ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्म बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले छायांकन गरिरहेका छन्।

फिल्म नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा एकसाथ प्रदर्शन गरिनेछ। फिल्म आगामी असोज ३ गतेबाट प्रदर्शन हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =