२३ वर्षपछि यस्तो बन्यो चलचित्र विकास बोर्डको लोगो

हिमाल प्रेस १८ असार २०८१ १२:१७
8
SHARES
२३ वर्षपछि यस्तो बन्यो चलचित्र विकास बोर्डको लोगो

काठमाडौँ- स्थापना भएको २३ वर्षपछि चलचित्र विकास बोर्डको लोगो निर्माण गरिएको छ। बोर्डको २४औं वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बोर्डको लोगो सार्वजनिक गरेकी हुन्।

लोगो निर्माणका परिकल्पनाकार तथा नारा, लोगो तथा धुन निर्माण तथा छनोट समितिका संयोजक केएल बुढाथोकीका अनुसार लोगोको डिजाइन ललितकलाका प्रोफेसर एवं वरिष्ठ कलाकार राधेश्याम मुल्मीले गरेका हुन्।

लोगोमा नेपाली सिनेमाको इतिहासदेखि वर्तमानसम्मका विकासक्रम, रिलदेखि डिजिटलसम्मको प्रविधि र नेपाली मौलिकतालाई व्यक्त गरिएको छ।

लोगोसँगै बोर्डले आफ्नो नारा ‘बुद्धको ज्ञान सगरमाथाको सान, राष्ट्रिय चलचित्र हाम्रो पहिचान’ बनाएको छ।

चलचित्र ऐन २०२६ को १० (क) अनुसार २०५७ असार १६ गते बोर्डको स्थापना भएको थियो।

यस अघि बोर्डले नेपाल सरकारको लोगो प्रयोग गरिरहेको थियो।

प्रकाशित: १८ असार २०८१ १२:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =