कांग्रेसले डाक्यो केन्द्रीय कार्यसम्पादन समिति बैठक

हिमाल प्रेस १८ असार २०८१ १२:०९
30
SHARES
कांग्रेसले डाक्यो केन्द्रीय कार्यसम्पादन समिति बैठक कांग्रेस सभापति शेरबहादुर देउवा

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बुधबार बस्ने भएको छ। बैठक बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा डाकिएको हो।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। कांग्रेस र एमालेबीच नयाँ सहमति भएपछिको राजनीतिक परिस्थितिबारे छलफल गर्न बैठक डाकिएको हो।

 

प्रकाशित: १८ असार २०८१ १२:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 10 =