प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

हिमाल प्रेस १८ असार २०८१ ११:२९
16
SHARES
प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'।

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल राजीनामा नदिने भएका छन्। आज बालुवाटारमा बसेको पदाधिकारी बैठकले संसद्बाट विश्वासको मतको सामना गर्नुपर्ने निर्णय भएको छ।

‘तत्काल राजीनामा दिने कुरा हुँदैन। संसद् फेस गर्नुहुन्छ।’ बैठकको निर्णय सार्वजनिक गर्दै नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले भने,’अहिले एमाले पनि सरकारमै छ। राजीनामा दिने कुरा हुँदैन।’ हिजाे राति नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार चलाउने सहमति भएसँगै प्रचण्डको प्रधानमन्त्री पद जाने निश्चित छ।

प्रकाशित: १८ असार २०८१ ११:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 2 =