घटस्थापनामा ‘सानो संसार’ प्रदर्शन

हिमाल प्रेस १८ असार २०८१ ११:१४
6
SHARES
घटस्थापनामा ‘सानो संसार’ प्रदर्शन

काठमाडौँ- फिल्म ‘सानो संसार’ आगामी असोज १७ ‍अर्थात् घटस्थापनाको दिन प्रदर्शन हुने भएको छ। निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गर्दै असोज १७ लाई प्रदर्शन मिति घोषणा गरेकाे हो।

सिद्धार्थ पुडासैनीको निर्देशनमा बनिरहेको फिल्मका निर्माता अर्जुन कुमार हुन्। फिल्ममा कलाकार सीतादेवी तिमिल्सिना, राज पंगेनी, अनु दाहाल, अञ्जसा रिजाल र शिशिर शिवाकोटीको मुख्य भूमिका रहनेछ।

पारिवारिक कथावस्तुमा बन्ने फिल्मको कथा निर्देशक पुडासैनी र सरिष्मा पुडासैनीले लेखेका हुन्। फिल्म अर्जुन कुमार फिल्मस्को प्रस्तुति र राजधानी मिडिया एड प्रोडक्सनको सहकार्यमा बन्नेछ।

यस अघि यही नाममा सन् २००८ स्वर्गीय आलोक नेम्वाङको निर्देशनमा फिल्म ‘सानो संसार’ निर्माण भएको थियो। उक्त फिल्मसँग यसकाे सम्बन्ध नरहने निर्देशकले बताएका छन्।

प्रकाशित: १८ असार २०८१ ११:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =