नयाँ परिस्थितिको समीक्षा गर्न राप्रपाले बोलायो पदाधिकारी बैठक

हिमाल प्रेस १८ असार २०८१ १०:१४
8
SHARES
नयाँ परिस्थितिको समीक्षा गर्न राप्रपाले बोलायो पदाधिकारी बैठक राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन। फाइल तस्बिर।

काठमाडौँ- सरकार फेरिने भएसँगै साना दलले पनि आन्तरिक छलफल बढाएका छन्। अहिले नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक बसिरहेको छ।

सरकारमै रहेका यी दलहरू समीकरण र सरकार परिवर्तन हुने निश्चित भएसँगै कसरी अघि बढ्ने छलफलमा जुटेका छन्। यता प्रतिपक्षमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि पदाधिकारी बैठक बोलाएको छ।

परिवर्तित राजनीतिक परिस्थितिका सन्दर्भमा समीक्षा गर्न र पार्टीको धारणा तय गर्न बैठक बोलाइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन्। श्रेष्ठका अनुसार बैठक आज मंगलबार दिउॅसो २:०० बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने छ।

प्रकाशित: १८ असार २०८१ १०:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − three =