अब केपी ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार : शंकर पोखरेल

हिमाल प्रेस १८ असार २०८१ १०:०३
20
SHARES
अब केपी ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार : शंकर पोखरेल

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले र नेपाली कांग्रेसबीच राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी भएको बताएका छन्।

उनका अनुसार सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन्।
‘राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुरूपका कानुन समेत निर्माण गर्ने गरी केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन नेकपा एमाले र नेपाली कांग्रेसका बीचमा समझदारी,’ उनले सामाजिक सन्जालमा लेखेका छन्।

महासचिव पोखरेलले यस प्रक्रियामा सहमत दलहरुलाई राष्ट्रिय सरकारमा समावेश गरिने पनि उनले उल्लेख गरेका छन्।

प्रकाशित: १८ असार २०८१ १०:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =