रवि लामिछानेविरुद्धको रिटमाथि आज सुनुवाइ हुने

हिमाल प्रेस १८ असार २०८१ ९:१०
4
SHARES
रवि लामिछानेविरुद्धको रिटमाथि आज सुनुवाइ हुने उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने। तस्बिर : रासस

काठमाडौँ- सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। यसअघि ७ असारमा लामिछानेतर्फका अधिवक्ताको बहस नसकिएपछि सुनुवाइलाई निरन्तरता दिँदै न्यायाधीशहरू सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले मुद्दा हेर्दाहेर्दैमा राखेको थियो। यो मुद्दामा आजै अन्तरिम आदेश आउने सम्भावना छ।

१० वैशाखमा गृहमन्त्री लामिछानेले आफूविरुद्ध कुनै अभियोग लागेको छ कि छैन भन्ने जानकारी मागेको निवेदनमा महान्यायाधिवक्ताको कार्यालयले सहकारीको बचत अपचलन प्रकरणमा लामिछानेविरुद्ध कुनै पनि उजुरी नभएको पत्र दिएको थियो। अधिवक्ता अनुपम भट्टराई रिट लिएर सर्वोच्च पुगेका थिए। रिटमा उनले सहकारी बचत अपचलनको अनुसन्धान प्रक्रियामा अनुचित प्रभाव पर्ने भन्दै गृहमन्त्रीबाट लामिछानेलाई निलम्बन गर्न प्रधानमन्त्रीका नाममा अन्तरिम आदेश मागसमेत गरेका छन्।

रिटमा गृहमन्त्री लामिछाने, महान्यायाधिवक्ता दीनमणि पोखरेल र महान्यायाधिवक्ता कार्यालयलाई विपक्षी बनाइएको छ । साथै, लामिछानेलाई दिइएको महान्यायाधिवक्ताको कार्यालयको पत्रको कानुनी वैधतामाथि प्रश्न उठाई बदरको माग गरिएको थियो ।

प्रकाशित: १८ असार २०८१ ९:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =