प्रधानमन्त्रीले बेलुकासम्म राजीनामा दिनुहुन्छ भन्ने अपेक्षा छ : एमाले

हिमाल प्रेस १८ असार २०८१ ८:२१
66
SHARES
प्रधानमन्त्रीले बेलुकासम्म राजीनामा दिनुहुन्छ भन्ने अपेक्षा छ : एमाले एमाले प्रमुख सचेतक महेश बर्तौला

काठमाडौँ- नयाँ सत्ता समीकरणसँगै अब प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिनुपर्ने अडान नेकपा एमालेले राखेको छ।

अब आफूसँग बहुमत नभएपछि स्वतः राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने एमालेको भनाइ छ।

‘अब प्रधानमन्त्रीले विश्वासको मत कुरेर बस्नु हुँदैन भन्ने लागेको छ। बेलुकासम्ममा राजीनामा आउनुपर्छ,’ एमाले प्रमुख सचेतक महेश बर्तौलले हिमाल प्रेससँग भने,‘यो नै उपयुक्त बाटो हो।’ यता, एमालेका मन्त्रीहरूले केहीबेरमा राजीनामा दिँदैछन्। मध्यरातमा कांग्रेस–एमाले समीकरण बन्ने भएसँगै एमालेका मन्त्रीहरूले राजीनामा दिन लागेका हुन्।

प्रकाशित: १८ असार २०८१ ८:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 15 =