नयाँ सहमतिसँगै अब साना दल कता?

हिमाल प्रेस १८ असार २०८१ ८:०९
36
SHARES
नयाँ सहमतिसँगै अब साना दल कता?

काठमाडौँ- नेपाली कांग्रेस र नेकपा एमालबीच नयाँ सत्ता समीकरणको सहमति बनेसँगै नेकपा माओवादी केन्द्रबाट बाहिरिने भएको छ।

कांग्रेस–एमाले सरकार बन्दा तेस्रो शक्ति माओवादी केन्द्र प्रतिपक्षमा धकेलिनेछ। कांग्रेस–एमालेको सरकार बन्दा बहुमत पुगे पनि दुई तिहाइ पुग्न सहज छैन। साना दलले सरकार निर्माणमा भाग पाउने निश्चित छ। तर अहिले सरकारमा भएका साना केही बाहिरिने निश्चित छ।

माओवादी केन्द्र
कांग्रेस–एमाले सरकार बन्दा हालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिपक्षको कित्तामा पुग्नेछन्। नयाँ गठबन्धन माओवादीविरुद्धमा बनेको भएकाले पनि प्रचण्ड सरकारमा सामेल हुने सम्भावना छैन। ‘अब प्रतिपक्षमा बस्छौँ। पार्टी चलाउँछौ।’ माओवादीका एक नेताले भने।

रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा नरहने निश्चित छ। र, आगामी सरकारमा समेत नरहने एमालेका नेताहरूले बताएका छन्। हाल सबैभन्दा विवादमा रहेको यो पार्टी कांग्रेसले रुचाएको छैन। यसैले पनि अब प्रतिपक्षमा रहने नेताहरूले बताएका छन्।

राप्रपा
अब राप्रपा सरकारमा सामेल हुने सम्भावना छ। किनकि, कांग्रेससँग समझदारी बनेसँगै सरकारमा जानुपर्ने अडानमा राप्रपाकै नेताहरू देखिएका छन्। राप्रपाको एजेन्डा पनि प्रदेशविरुद्धमा छ। जुन अब बन्ने सरकारले संशोधन गर्ने सहमति छ। यसैले राप्रपा सरकारमा सामेल हुने सम्भावना छ।

अब लोसपा र अशोक राई सरकारतिरै
अब लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी (जसपा) अशोक राई पक्ष सरकारमा सामेल हुने सम्भावना छ। लोसपालाई संविधान संशोधनबारे देखाएर कांग्रेसले सरकारमा लाने सम्भावना छ। यसमा मधेश प्रदेशमा पनि सरकार टिकाउन लोसपालाई लैजाने सहमति भएको उच्च स्रोतले बताएको छ। सत्ताकै लागि उपेन्द्र यादवबाट फुटेको राईपक्षधरलाई सरकारमा लैजान एमालेले प्रयत्न गर्ने देखिएको छ।

एकीकृत समाजवादी बाहिर
माधव नेपालको नेतृत्वको एकीकृत समाजवादी प्रतिपक्षमा बस्ने सम्भावना छ। किनकि, केपी ओली सरकारमा जाँदा भएका उपलब्धि समेत गुम्ने समाजवादीले बताएको छ। यसैले प्रतिपक्ष रहने सम्भावना देखिन्छ।

प्रकाशित: १८ असार २०८१ ८:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 4 =