सत्ता समझदारीबारे छलफल गर्न देउवाले बोलाए पदाधिकारी बैठक

हिमाल प्रेस १८ असार २०८१ ७:३६
34
SHARES
सत्ता समझदारीबारे छलफल गर्न देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन्। सोमबार मध्यरातमा नेकपा एमालेसँग नयाँ सरकार गठन गर्ने सहमति गरेसँगै देउवाले पदाधिकारीहरूलाई छलफलका लागि डाकेका हुन्।

बैठक मंगलबार बिहान ९ बजे देउवा निवास बूढानीलकण्ठमा बस्नेछ। एमाले र कांग्रेसबिच पहिलो चरणमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ। सहमतिअनुसार दोस्रो कार्यकाल देउवाको नेतृत्वमा सरकार गठन हुनेछ ।

 

प्रकाशित: १८ असार २०८१ ७:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =